जोडिनुहोस
  • होमपेज
  • टर्की भूकम्प अपडेटः मृतकको संख्या ९० पुग्यो

टर्की भूकम्प अपडेटः मृतकको संख्या ९० पुग्यो

काठमाडौं । टर्कीमा गएको शक्तीशाली भूकम्पमा परी ९० जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेको संख्या ९० पुगेको हो ।

सिरियामा ४२ जना र टर्कीमा ९० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानियहरुका अनुसार मृतकको संख्या लगातार बढ्दै भइरहेको बीबीसीले जनाएको छ ।

अमेरिकी भौगोर्भिक सर्वेक्षणका अनुसार सोमबार बिहान गजिएन्टेप सहरको १७।९ किलोमिटर नजिक ७।८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण धेरै भवनहरु ध्वस्त भएका छन् भने कैयौँ मानिस फसिरहेको रिपोर्टमा रिउल्लेख छ । टर्कीका आन्तरिक मन्त्री सुलेमोन सोयलुले भूकम्पका कारण १० सहर प्रभावित भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका