जोडिनुहोस
  • होमपेज
  • ३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

काठमाडौं । पपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् । यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनित भएकी थिइन् ।

बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिन्दै ग्रामीको इतिहास आफ्नो पोल्टामा पारेकी हुन् । २० वर्षयता सोल्टीको रेकर्डलाई कसैले उछिन्न सकेको थिएन ।

पछिल्लो एल्बम ‘रेनेसान्स’बाट बियोन्सेले उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक विधामा जित हासिल गरिन् । उनको गीत ‘कफ इट्’ले सर्वश्रेष्ठ आरएण्डबी विधामा जित्यो । ‘म धेरै भावुक नहुन कोसिस गर्दैछु,’ ग्रामी समारोहको टेलिकास्टमा उनले भनिन्, ‘म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’ उनले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिइन् ।

उनका अन्य दुईवटा अवार्ड चाहिं लाइभ टेलिकास्ट नभएको समयमा दिइयो, जसमा गीत ‘ब्रेक माइ सोल’लाई नृत्य/इलेक्ट्रोनिक रेकर्ड र ‘प्लास्टिक अफ द सोफा’लाई आरएण्डबी विधाका लागि पुरस्कृत गरियो । बियोन्सेले यसअघि नै एचआईभीविरुद्धको लडाइँले नृत्य संगीतमा उनको रुचि र लैंगिक अल्पसंख्यक समुदायको ऐतिहासिक सम्बन्धलाई उक्त एल्बम ‘रेनेसान्स’मा प्रभावित तुल्याएको बताएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका