जोडिनुहोस
  • होमपेज
  • नेपाल कमर्श क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

नेपाल कमर्श क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

काठमाडौँ – नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ‍)का दुई समूहबीच झडप भएकाे छ।नेपाली कांग्रसकाे भातृसंगठन नेविसंघका संस्थापन र इतर पक्षका दुई‍ समूहबीच झडप भएकाे प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार स्ववियु निर्वाचनकाे विषयमा चलेकाे कुरामा विवाद हुँदा दुई समूहबीच ढुङ्गा हानाहान भएकाे हाे। उनले भने,’नेविसंघकै दुई समूहबीच ढुङ्गा हानाहान भएकाे हाे। खबर पा लगत्तै हाम्राे टाेली त्यहाँ तैनाथ छ। यतिबेला अवस्था सामान्य छ।’

त्यहाँ अध्ययनरत एक विद्यार्थी नेताका अनुसार शेखर-गगन पक्षका विद्यार्थीले कमर्श क्याम्पसमा भेला राखेका थिए। साे भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको हाे। प्रहरीका अनुसार यतिबेला साे क्षेत्रमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका