जोडिनुहोस
  • होमपेज
  • दक्षिण कश्मीरका दुई मार्शल आर्ट खेलाडीहरू साउथ च्याम्पियनशिपका लागि छनौट

दक्षिण कश्मीरका दुई मार्शल आर्ट खेलाडीहरू साउथ च्याम्पियनशिपका लागि छनौट

श्रीनगर— दक्षिण कश्मीरको त्राल उप जिल्लाका दुई मार्शल आर्ट खेलाडीहरू साउथ च्याम्पियनशिपका लागि छनोट भएका छन्। यसरी दुई खेलाडीको छनौटको विषयलाई लिएर स्थानीयले ठूलो खुसी व्यक्त गरेका छन् । कश्मीर भारतको एउटा यस्तो ठाउँ हो जहाँ युवाहरूमा हरेक क्षेत्रमा प्रशंसनीय प्रदर्शन गरिराखेका छन् । ,

यस क्षेत्रका धनी परिवार वा पहुँचवाला व्यक्तिको परिवार केही हदसम्म अगाडि बढिरहे पनि गरिब र दुर्गम पहाडी क्षेत्रका बालबालिका निकै सक्षम भएर पनि अवसरबाट बञ्चित रहेका छन् । भारतीय सरकारले सन् २०१९ बाट पहिलो पटक दुर्गम क्षेत्रका युवाहरूमा ध्यान केन्द्रित गर्न थालेको थियो। उनीहरूका आवश्यकता र रुचिहरू पूरा गर्न विभिन्न सरकारी विभागहरू परिचालन गरिएको छ।

सरकारले ग्राउन्ड स्तरमा बालबालिका र युवाहरूलाई सम्पर्क गर्ने काम गर्न थालेको छ । यसले त्यस क्षेत्रको बालबालिको पहँुच केही हदसम्म सहज भएको छ । सरकारले विभिन्न कार्यक्रम सुरु गरेको छ भने अर्कोतिर कश्मीर उपत्यकामा सरकारले मान्यता पाएका एकेडेमीलाई खेलकुद परिषद्को सहयोग रहेको छ ।

पछिल्लो समय बालबालिकामा विभिन्न खेलकुदमा रुचि बढेको छ र राम्रो तालिमको फलस्वरूप यहाँका बालबालिकाले गाउँ छोडेर तीन वर्षमै सपना देखेको ठाउँमा पुगेका छन् ।

यी खेलाडीका लागि सरकारले विभिन्न व्यवस्था गरेको छ । विभिन्न खेलका प्रशिक्षकहरूले यस क्षेत्रका खेलाडीहरूलाई राम्रो तालिम दिएका छन्, जुन उनीहरूले यूटी र राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागी हुन थालेका छन् । । बालबालिकाले ठूला प्रतियोगितामा भाग लिन थालेका छन् ।

दुई खेलाडी दक्षिण एसियाली च्याम्पियनसिपमा प्रवेश गरेका छन् । कश्मिरको गाम्रिण क्षेत्रको त्राल निवासी १४ वर्षिय अदिबा युनिस र लुरो जगिरत्राल निवासी ९ वर्षीय मञ्जुर खान। दुवै जना विगत दुई वर्षदेखि दक्षिण कश्मीरको त्रालस्थित मार्शल आर्ट एकेडेमीमा तालिम लिइरहेका छन्।

दुवै जना जारी दक्षिण एसियाली च्याम्पियनसिपका लागि छनोट भएका हुन् । हालै जम्मुमा भएको २३औँ राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दुवैले नेपालमा आयोजना भएको च्याम्पियनसिपमा स्थान बनाएका हुन् । उपत्यकाको यस दुर्गम क्षेत्रसँग सम्बन्धित, मार्शल आर्टका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन देखाएर जम्मूमा ठूलो प्रशंसा जितेका छन् र खेल विशेषज्ञहरूले यी बच्चाहरूको क्षमताको धेरै प्रशंसा गरेका छन्।

मजकौरा क्षेत्रका कुनै खेलाडीले यस किसिमको च्याम्पियनसिप सहभागी भएको यो पहिलो पटक हो । दुवै युवा खेलाडीले आफुहरु धेरै मेहनत गरेर जम्मु कश्मीर र देशको नाम गौरव गर्ने बताए ।

आफूहरु निकै खुसी रहेको उनीहरुले बताए । ‘हामीले यो अवसर पाएका छौं। हाम्रो लागि यो सम्भव भएकोमा हामी सरकारप्रति आभारी छौं। जुनसुकै क्षेत्रका खेलाडीले आफ्नो क्षमताका आधारमा जुनसुकै ठाउँमा खेल्न सक्ने गरी सरकारले हामीलाई सुविधा दिएको छ ।” यो च्याम्पियनसिप फेब्रुअरी ३ देखि ५ सम्म भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका