जोडिनुहोस
  • होमपेज
  • साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

बङ्गलादेश । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका