जोडिनुहोस
  • होमपेज
  • ६ महिनामा झन्डै ११ अर्बको सुन भित्रियो

६ महिनामा झन्डै ११ अर्बको सुन भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब भन्दा माथिको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मूल्य बराबरको सुन भित्रिएको हो ।

जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ । सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार सुन आयातको तुलनामा यस अवधिमा निर्यात भने घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका