जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गरेकी छन् ।

मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद अर्याल निर्विरोध निर्वाचित भएकी थिइन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादी उम्मेदवारविरुद्ध प्रतिस्पर्धा नगर्ने रणनीतिका साथ उम्मेदवारी नदिएपछि अर्याल एक्लैको मनोनयन परेको थियो ।

पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी उनी २०७० मा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी पनि हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षकोसमेत जिम्मेवारी सम्हालिसकेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?