जोडिनुहोस
  • होमपेज
  • मंगलबार नेप्से परिसूचकमा हरियाली

मंगलबार नेप्से परिसूचकमा हरियाली

काठमाडौँ – मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।

मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । त्यस्तै, कारोबारमा आएका १३ वटा उपसूचकहरुमा उकालो लागेर हरियाली छाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका