जोडिनुहोस
  • होमपेज
  • जीप र मोटरसाइकल ठोक्किदाँ काठमाडौँमा एकजनाको मृत्यु

जीप र मोटरसाइकल ठोक्किदाँ काठमाडौँमा एकजनाको मृत्यु

काठमाडौँ—काठमाडौंको तीनकुने मुनिभैरवमा आज बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान साढे तीन बजे मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान तीन बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोकिएको प्रहरीले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका