जोडिनुहोस
  • होमपेज
  • बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलिदेखि दैनिक चार घण्टा बन्द हुने

बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलिदेखि दैनिक चार घण्टा बन्द हुने

काठमाडौं । बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बिहीबार (भोलि)देखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना जारी गर्दै माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने जानकारी दिएको हो ।

कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ बडेरास्थित न्यु बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसिटी १६ को टावर निर्माण गर्नुपर्ने भएकाले बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बन्द हुने सूचनामा लेखिएको छ ।

प्रसारण लाइन बन्द हुँदा नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल, मैनीहवा सब स्टेसनहरुबाट सन्चालित औद्योगिक तथा आवश्यकता अनुसार अन्य ग्राहकहरुमा पनि विद्युत सेवा अबरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका