जोडिनुहोस
  • होमपेज
  • प्रतिबन्धित भारतीय नोटसहित विमानस्थलबाट ३ जना पक्राउ

प्रतिबन्धित भारतीय नोटसहित विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौँ । नेपालमा प्रतिबन्धित ५ सय दरको भारतीय रुपैयाँसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका–३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह छन् । उनीहरूको साथबाट प्रहरीले ५ सय दरको २ लाख २० हजार रकम बरामद गरेको छ ।

विमानस्थलबाट मङ्गलवार दिउँसो प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ४ सय ५६ थान सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई पनि प्रहरीले पक्राउ गरेको छ । वाङचुकको साथबाट २ लाख २८ हजार बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

काठमाडौँबाट दिल्ली जान लागेका अमेरिकी नागरिक अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान विभागमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका