जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरेकी छिन् । टेलिफोन कुरा गर्दै त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी हुन् ।

बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । टेलिफोन वार्तामा परराष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रह समेत गरिन् ।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले सहयोगका लागि नेपाल सरकारलाई समेत धन्यवाद व्यक्त गरे ।

सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका