जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा उपाध्यक्ष अर्यालले त्यागिन् माओवादीको सदस्यता

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले त्यागिन् माओवादीको सदस्यता

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र जिम्मेवारी त्यागेकी छन् ।

उनले बुधबार एक सूचना जारी गरी उपसभामुख निर्वाचित भएपछि आफू आवद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन् ।

संविधानमा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभाको सभामुख र उपसभामुख दलमा आवद्ध हुन नपाउने व्यवस्था छ । अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा २३ माघमा सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् ।

urmila

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका