जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध

पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध

काठमाडौं । पाकिस्तानी क्रिकेटर आसिफ अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।

पाकिस्तान क्रिकेट बोर्डले फस्ट क्लास क्रिकेटर अफ्रिदीलाई २ वर्षको प्रतिबन्ध लगाएको हो । ३६ वर्षीय लेफ्ट आर्म स्पिनर गत सेप्टेम्बरबाट निलम्बनमा थिए ।

पाकिस्तान क्रिकेट बोर्डको एन्टी करप्सन कोड उल्लङ्घन गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो । उनले पाकिस्तानको राष्ट्रिय टिमका लागि खेलेका छैनन् ।

तर, अष्ट्रेलियाविरुद्ध घरेलू मैदानमा भएको टी-ट्वान्टी सिरिजका लागि टोलीमा अटाएका थिए । अफ्रिदीले ३६ फस्ट क्लास खेलमा ११८ विकेट लिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका