जोडिनुहोस
  • होमपेज
  • थप युद्ध सामग्री दिन बेलायतलाई युक्रेनको आग्रह

थप युद्ध सामग्री दिन बेलायतलाई युक्रेनको आग्रह

काठमाडौं । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म गरेको सहयोगलाई अझ बृद्धि गर्न आग्रह गरेका हुन् ।

उनले थप लडाकु विमान पठाउन आग्रह गरेपनि बेलायतले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बेलायती सेनाले आफ्नो मुलकलाई यसअघिदेखि नै विभिन्न सहयोग जारी राखे पनि यसलाई थप विस्तार गर्न राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भ्रमणका क्रममा जेलेन्स्कीले बेलायती सांसदहरुसँगको अन्तरक्रियामा आफ्नो मुलुक निकै संघर्षपूर्ण अवस्थामा रहेपनि सत्यको जीत हुने विस्वाश व्यक्त गरे । उनले रुसले आक्रमण थालेसँगै कठिन अवस्थामा रहेको बेला बेलायतले गरेको सहयोगको खुलेर प्रशंसा समेत गरे ।

यसैबीच, बेलायतले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको छ । सो प्रतिबन्ध आईटी कम्पनीका साथै ड्रोन र हेलिकोप्टका पार्टपूर्जा र सैन्य उपकरण निर्मातालाई लक्षित गरिएको समाचारमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका