जोडिनुहोस
  • होमपेज
  • प्रदेशमा भोट हाल्नु पर्ने नाउपाका सात सांसद काठमाडौंमै

प्रदेशमा भोट हाल्नु पर्ने नाउपाका सात सांसद काठमाडौंमै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अनिर्णत बन्दा सुदूरपश्चिम प्रदेश सरकार अफ्ठ्यारोमा परेको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन आजसम्म नाउपाले मत दिने वा नदिने निर्णय गर्न सकेको छैन ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुनेछन् । तर विश्वासको मत दिने नाउपाका ७ सांसद नै केन्द्रीय राजधानी काठमाडौंमा छन् ।

डिल्लीबजार कारागारमा उनीहरूसहित अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका सरंक्षक रेशम चौधरीबीच छलफल भएपनि निर्णय गर्न सकेका छैनन् ।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बसेपछि मात्रै निर्णय गर्ने बताएका छन् ।

पार्टीका संघीय सांसद लालवीर चौधरीले दुई नेतासँगको बैठकपछि मात्रै विश्वासको मत दिने÷नदिने निर्णय हुने बताए । उनले प्रदेशका सातै जना सांसद काठमाडौंमा रहेको पनि जानकारी दिए ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए प्रदेश सभाको ठूलो दल कांग्रेसले सरकार बनाउने बाटो खुल्ने छ । कांग्रेसका १९ सांसद छन् । यस्तै माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका