जोडिनुहोस
  • होमपेज
  • ‘भ्यालेन्टाइन डे’ का लागि आवश्यक ९३ प्रतिशत फूल भारतबाट आयात

‘भ्यालेन्टाइन डे’ का लागि आवश्यक ९३ प्रतिशत फूल भारतबाट आयात

अविशेक सुनार

काठमाडौं – भ्यालेनटाईन डे अर्थात प्रणय दिवसको समयमा विशेषगरी फुलको व्यापार अन्य समयमा भन्दा बढी हुने गर्छ । प्रेमको प्रतिकको रुपमा रहेको गुलाबको फुल एक अर्कालाई दिएर प्रेमभाव प्रकट गरिने हुँदा भ्यालेनटाईन डे मा फुलको माग बढी हुने गरेको हो ।

यस वर्ष प्रेम दिवसको अवसरमा नेपालभरी २ लाख ८० हजार स्टिम गुलाबको फुल खपत हुने फ्लोरिकल्चर एशोसियसनको अनुमान छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशत गुलाबको फुल खपत हुने अनुमान छ । उपत्यकामा पुष्प व्यवसायीहरुलाई अहिले भ्याई नभ्याई छ ।

पुष्पलाई सजाउने, प्याक गर्ने, बुके बनाउने लगायतका काममा उनीहरु व्यस्त देखिन्छन् । तर, उनीहरुले व्यापार गरिरहेको मध्ये नेपालमा उत्पाद हुने फुल कम र भारतबाट आयातित बढी भएको बताएका छन् । प्रेम दिवसको अवसरमा झण्डै २ करोड ८० लाख रुपैयाँको फुल कारोबार हुने फ्लेरिकल्चर एशोसियसन नेपालको अनुमान छ । तर, नेपालमा खपत हुने फुल मध्ये ९३ प्रतिशत अर्थात २ लाख ६० हजार फुल भारतबाट आयात हुने एशोसियसनको भनाई छ ।

कोरोना भाईरस संक्रमण पूर्व ८० प्रतिशत फुलको माग नेपालले धान्ने गरेको थियो । तर, कोभिड फैलिएपछि बजारीकरणमा समस्या आएकाले ७५ प्रतिशत उत्पादन घटेको एशोसियसनको भनाई छ । त्यस्तै फेब्रुअरी महिना भरी नेपालमा चिसो मौसम हुने भएकाले पनि गुलाबको फुल उत्पादनमा कमी भएको हो । नेपालले फुलको माग धान्नका लागि आवश्यक प्रविधिको विकाससँगै सरकारी निकायको पनि सहयोग आवश्यक पर्ने एशोसियसनको भनाई छ ।

गत वर्ष २ लाख ७ हजार स्टिम गुलाबको फुल बिक्रि भएकोमा यस वर्ष ७३ हजार बढ्ने देखिएको हो । नेपालमा पुष्प खेति गर्नेको सङख्या बढ्दै गएपनि नेपाल आत्मनिर्भर भने हुन सकेको छैन् । सरकारले पुष्प व्यवसायीहरुलाई सहजिकरण गर्न सक्यो भने वर्षेनी बाहिरीने करोडौ रुपैयाँ नेपालमा नै रहन्छ । पुष्प खेतिमा आत्मनिर्भर बनाउने भन्दै वर्षेनी विभिन्न कार्यक्रमहरु ल्याएपनि कार्यक्रममा मात्रै सिमित रहँदा नेपाल अझै सम्म पनि तेस्रो मुलुकको भर पर्नु परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका