जोडिनुहोस
  • होमपेज
  • सन्दीप लामिछानेको राहदानी रोक्का, विदेश जान नपाउने

सन्दीप लामिछानेको राहदानी रोक्का, विदेश जान नपाउने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेको पार्सपोर्ट रोक्का राख्न गृह मन्त्रालयलाईं निर्देशन दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उच्च अदालत पाटनको पुस २९ गतेको आदेशअनुसार उनको राहदानी रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ प्रस्तुत मुद्धाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी लामिछानेलाई नेपाल बाहिर जानबाट रोक्न लगाउनु हुन आदेशअनुसार अनुरोध छ ।’

जिल्ला अदालतले पुस २९ गते लेखेको पत्र गृह मन्त्रालयमा माघ २५ गते दर्ता भएको हो । अदालतको पत्रमा पत्र प्राप्त भएपछि भन्ने उल्लेख छ ।

यो पत्रसँग अब सन्दिप लामिछाने देश बाहिर जानबाट बञ्चित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका