जोडिनुहोस
  • होमपेज
  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौँ– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.४५ अंकले बढेर २ हजार १८२.६१ विन्दुमा पुगेको छ ।

नेप्सेमा आज २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारका आधारमा अपी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । यस कम्पनीको ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा १३ मध्ये म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको हो । बुधबार ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका