जोडिनुहोस
  • होमपेज
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौँ– सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रवार विहान ९ बजे बस्दैछ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । सो भेटवार्तापछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले शुक्रबार विहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तय भएको बताएका थिए ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । सो दलले सरकारलाई आफ्नो समर्थन भने कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक माग गरेको थियो । तर बैठक बस्न सकेको थिएन ।

आज बस्ने संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी गराउने विषयसहित सुदूरपश्चिम सरकार विघटनबारे समीक्षा हुने विश्वास प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनाबारेमा पनि संयन्त्रमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका