जोडिनुहोस
  • होमपेज
  • टर्की र सिरिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

टर्की र सिरिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

काठमाडौं । टर्की र सिरियाको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार ६ सय पुगेको त्यहाँको सरकारी समाचार संस्था अनाडोलु एजेन्सीले उल्लेख गरेको छ । त्यस्तै रोयटर्सले बताएअनुसार सिरियामा ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै हजारौँ घाइते छन् । लाखौँको सङ्ख्यामा मानिसहरू घरबारविहीन बनेको तथ्याङ्क छ । यद्यपि उद्धारकहरूले भूकम्पमा परेकाहरूको खोजी र उद्धार गरिरहेकै छन् । सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित छन् । घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

यसैबीच भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआनले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उद्धार गरिएका हजारौँ आवासविहीन मानिसहरूको जीवन अहिले चुनौतीपूर्ण बनेको छ । टर्कीका दश प्रान्तमा ३ महिनाका लागि संकटकाल लागू गरिएको छ । टर्कीका राष्ट्रपतिले यस भूकम्पलाई ‘शताब्दीकै विपत्ति’ भनेका छन् ।

वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पुर्‍याइरहेका छन् । हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पिडामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका