जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप आजबाट

महिला टी-ट्वान्टी विश्वकप आजबाट

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुदैछ ।

दक्षिण अफ्रिकामा आयोजना हुने यस संस्करणको विश्वकपको उद्घाटनको दिन आज एक खेल हुदैछ ।

केपटाउनको न्युल्याण्डस्मा हुने खेलमा समूह ‘ए’ का आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजेबाट सुरु हुनेछ ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित रहेको छ ।

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका