जोडिनुहोस
  • होमपेज
  • युक्रेनले ओलम्पिक बहिस्कारको धम्की त्याग्नुपर्छ – आईओसी

युक्रेनले ओलम्पिक बहिस्कारको धम्की त्याग्नुपर्छ – आईओसी

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले युक्रेनलाई २०२४ को पेरिस ओलम्पिक बहिस्कारको धम्की त्याग्न आग्रह गरेको छ ।

रुस र बेलारुसलाई सहभागिता जनाउन दिएमा युक्रेनले पेरिस ओलम्पिक बहिस्कार गर्ने जनाउदै आएको छ ।

तर, आईओसीका अध्यक्ष थोमस बाचले युक्रेनको ओलम्पिक कमिटीले दिएको चेतवानी अत्यन्तै खेदजनक भएको बताएका छन् ।

उनले युक्रेनले बहिस्कार गरेमा ओलम्पिक चार्टरको उल्लङ्घन हुनेछ र ओलम्पिक आन्दोलनको सिद्धान्तविरुद्ध जाने बताए ।

पेरिस ओलम्पिक २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुनेछ ।

तर, युरोपका अन्य राष्ट्रले समेत रुस र बेलारुसको सहभागितामा आपत्ति जनाउदै आएको छ ।

पोल्याण्डका खेलकुद तथा पर्यटन मन्त्री कामिल बोर्टनिकजुकले ४० देशले पेरिस ओलम्पिक बहिस्कार गर्न सक्ने र ओलम्पिकलाई अर्थहीन बनाउने बताईसकेका छन् ।

यस्तै लिथुआनिया, इस्टोनिया र लाटभियाले समेत बहिस्कार गर्ने जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि रुस र बेलारुसमाथि विश्वकप, युरोकप लगायत ठूला खेलमा प्रतिबन्ध लाग्दै आएको छ । ओलम्पिकमा समेत रुसलाई प्रतिबन्ध गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका