जोडिनुहोस
  • होमपेज
  • साना व्यवसायीलाई राष्ट्र बैंकको सहुलियत

साना व्यवसायीलाई राष्ट्र बैंकको सहुलियत

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

यसबाट साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने भएका छन् ।

उनीहरुको उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका