जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बन (पत्रसहित)

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बन (पत्रसहित)

काठमाडौं । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निमलम्बनमा परेका छन् ।

स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएकाले जाँच बुझका लागि ठाकुरलाई निलम्बन गरिएको उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्र केसीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको हो ।

उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाएको केसीले जानकारी दिए ।

मन्त्रालयको निर्देशनपछि ठाकुरलाई प्राधिकरणले निलम्बन गरेको छ ।

PremNathThakur1676013130.jpg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका