जोडिनुहोस
  • होमपेज
  • औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य होस्’: राष्ट्रपति

औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य होस्’: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन् । शुक्रबार संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले घटना भएपछि पुग्नुभन्दा घटना हुन नदिनु नै सरकारको दायित्व भएको बताएकी हुन् ।

शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ भएकाले मात्र राम्रो प्रतिफल दिन सक्ने भन्दै उनले स्वास्थ्यकर्मीको परिचालन, स्वास्थ्य सामग्री र औषधिको नियमित उपलब्धताले मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने बताइन् । औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।

सम्बोधनको क्रममा राष्ट्रपतिले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् । उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनु पर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका