जोडिनुहोस
  • होमपेज
  • आफ्नो कार्यकालमा सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा कृतज्ञता ज्ञापन

आफ्नो कार्यकालमा सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा कृतज्ञता ज्ञापन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने नेपाल सरकार, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी र नेपाली नागरिकप्रति कृतज्ञता ज्ञापन गरेकी छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफूलाई सहयोग पु¥याएको भन्दै सञ्चार माध्यामहरुप्रति पनि आभार व्यक्त गरिन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले सरकारले सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम तत्काल नतिजा आउने गरी कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गरिन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्दा आवश्यक स्रोत व्यवस्थापनमा सरकारले ध्यान दिने समेत बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र विकासप्रतिको आकांक्षालाई पूरा हुने गरी तीन वटै तहका सरकारका संयन्त्रहरु प्रतिबद्ध भएर लाग्नुपर्ने बताइन् ।

नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विगतमा झैँ आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा समेत राष्ट्रपति भण्डारीले गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी बताइन् । उनले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन् । उनले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन् ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका