जोडिनुहोस
  • होमपेज
  • महरा नेतृत्वको वार्ता टोलीले गर्‍यो ५ पार्टीसँग संवाद

महरा नेतृत्वको वार्ता टोलीले गर्‍यो ५ पार्टीसँग संवाद

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोलीले ५ पार्टीसँग संवाद गरेको छ । गत पुस २३ गतेको पदाधिकारी बैठकले महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोली सदस्यमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत छन् । महरा नेतृत्वको वार्ता टोलीले निरन्तर संवाद जारी राखेको वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए ।

‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र कर्णजित बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीसँग औपचारिक संवाद भएको छ’ पोखरेलले भने, ‘विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग महराजी र अध्यक्ष कमरेडले संवाद गर्नुभयो । औपचारिक वार्ता समिति मार्फत छलफल भएको छैन ।’ तर, पार्टी एकता गर्नेगरी फाइनल कुनै शक्तिसँग भइनसकेको पोखरेलले बताए । वार्ता समितिले निरन्तर संवादगरी रहेकाले कतिपय पार्टीसँग एकता हुनेगरी निर्णय हुने बताए । वार्ता समितिले एमाले बाहेकका शक्तिसँग एकता गरेर वामपन्थी ध्रुवीकरण गर्न थालिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका