जोडिनुहोस
  • होमपेज
  • संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन् । उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिकका भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोर के वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन भएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गरे । अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले मञ्चको स्थापना र कानुन क्षेत्रका विसङ्गति उत्खननको विगत र वर्तमानका विषयमा प्रकाश पारे । उनले विगतमा भन्दा अहिले कानुन पत्रकारिताको क्षेत्र फराकिलो भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका