जोडिनुहोस
  • होमपेज
  • वैकल्पिक शक्तिको एजेन्डा बोक्नेलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सीके राउत

वैकल्पिक शक्तिको एजेन्डा बोक्नेलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने दललाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन् ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने राजनीतिक दलहरूलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए । उनले नयाँ शक्तिको एजेन्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

उनले राजनीतिक पार्टीको रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठुलो प्राथमिकता बनाउनु नहुने बताए । उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे ।

उनले भने, ‘सडक आफैँमा सबैभन्दा ठुलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रूपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठुलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । सङ्घर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्न सक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको विरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढे मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जान सक्ने भन्ने कुरा सोच्नु नहुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका