जोडिनुहोस
  • होमपेज
  • फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी

फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी

पेरिस । अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयमा परेका छन् ।

फिफाले गएराति मेस्सीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो । विश्वकप विजेता मेस्सीले पीएसजी टिम मेट फ्रान्सका किलियन एम्बाप्पेसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै स्पेनिस क्लब रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा पनि अन्तिम मनोनयनमा पर्न सफल भए ।

मेस्सी अवार्डका मुख्य दाबेदार हुन् । मेस्सीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सात गोल गरेका कप्तान मेस्सी विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए । उनको टिमले फाइनलमा एम्बाप्पेको फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।

फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले गोल्डेन बुट जितेका थिए । सन् २०२२ को बलुन डि’ओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन्।

महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् । फिफाका सदस्य राष्ट्र, प्रशिक्षक, पत्रकार मतका आधारमा विजेता छनौट गरिनेछ ।

सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाइ आधार मानिन्छ । २७ फेब्रुअरीमा पेरिसमा विजेताको घोषणा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका