जोडिनुहोस
  • होमपेज
  • सिरियाको भग्नावशेष मुनि जन्मिएकी बालिकालाई अपनाउन हजारौंको चासो !

सिरियाको भग्नावशेष मुनि जन्मिएकी बालिकालाई अपनाउन हजारौंको चासो !

काठमाडौँ । टर्कीमा आएको भूकम्पका कारण सिरियामा पनि हजारौले ज्यान गुमाएका छन् ।यसैक्रममा भूकम्पका कारण भग्नावशेषमा फसेकी एक गर्भवती महिलाले जन्म दिएकी बालिका आयालाई अपनाउन हजारौंले चासो राखेका छन् ।

यी बालिका आयालाई जन्म दिएकी उनकी आमाको भग्नावशेषले पुरिएकै अवस्थामा मृत्यु भएको थियो । ३४ वर्षीय खलिल अल शमीले न्युयोर्क टाइम्सलाई बताए कि सोमबार सिरियाको जिन्डरेस सहरमा गएको भूकम्पले आफ्नो भाइको घर पनि ध्वस्त भएको थियो। पूरै भवन भग्नावशेषको थुप्रोमा परिणत भयो ।

उनले आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए । यसै क्रममा उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । तुरुन्तै तिनीहरूले नाभी काटे । बालिका रुन थालिन् । उसलाई बाहिर निकाले भग्नावशेष पूरै हटाउँदा बालककी आमा मृत अवस्थामा फेला परेकी थिइन् । नवजात बालिका आयालाई करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालिएको थियो ।

बिबिसीका अनुसार बालिकाकी आमासहित पिता र अन्य चार सदस्यको भूकम्पमा परेर मृत्यु भएको छ । बालिकाको अहिले अस्पताल उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालका डाक्टरले बिबिसीलाई बताएको उल्लेख गरेको छ ।

अहिले सामाजिक स्नाजालमा उनलाई निकालेको भिडियो भाइरल भएपछि उनलाई अपनाउन चासो दिएका छन् । अस्पतालका प्रबन्धक समेत रहेका डा। खालिद अत्तिआहले अहिले हरेक दिन यी बालिकालाई अपनाउन दर्जनौं फोन आइरहेको बताएका छन् । उनको उपचारमा संलग्न डा। अत्तिआहले आफुले उनलाई आफ्नै छोरीलाई जस्तै हेरचाह गरिरहेको बताउदै उनका नजिकका नातेदारले नलागेसम्म आफुले नै राख्ने बताए ।

बालिका आयाको शहर जिन्डायरिसमा अहिले पनि भग्नावशेषमा आफन्तको खोजी कार्य जारी रहेको छ । सो शहरका ९० प्रतिशत घरहरु ध्वस्त भएको बताइएको छ । सिरियामा मात्र भूकम्पबाट अहिलेसम्म ३ हजारभन्दा बढीको मृत्यु भएको छ र यो संख्या अझै बढ्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका