जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा दुई छुटाछुटै दुर्घटनामा परी दुई जनाको मृत्यु

भक्तपुरमा दुई छुटाछुटै दुर्घटनामा परी दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं.१५–२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक काठमाडौ शंखरापुर नगरपालिका वडा नं। ५ पालुवारी बस्ने बर्ष ४० को शंखर भोलोन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागी भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उता, जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ८९१२ नं. को बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेल बस्ने बर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई दुबै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं। २ ईताछे बस्ने बर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका