जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरिन्छः नेता सिंह

राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरिन्छः नेता सिंह

दाङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिने बताएका छन् ।

आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका हुन् ।

पुरानो गठबन्धन ब्युतिने नबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको उनले बताए । प्रतिपक्षमा नरहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने बताए ।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आशय थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका