जोडिनुहोस
  • होमपेज
  • टोटेनह्याम हट्सपर लेस्टर सिटीसँग फराकिलो हार भोग्न बाध्य

टोटेनह्याम हट्सपर लेस्टर सिटीसँग फराकिलो हार भोग्न बाध्य

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष चारको दौडमा रहेको टोटेनह्याम हट्सपर लेस्टर सिटीसँग फराकिलो हार भोग्न बाध्य भएको छ। खेलमा टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता लिएपनि त्यसपछि भने लेस्टरसँग लगातार गोल खान पुगेको थियो।

खेलमा रोड्रिगो बेनटन्करको गोलमार्फत टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता बनाएको थियो। तर २३ औ मिनेटमा एडुवर्ड मेन्डीको गोलमार्फत लेस्टरले बराबरी गरेको थियो। दुई मिनेट पछिनै लेस्टरले जेम्स म्याडिसनको गोलमार्फत अग्रता बनायो। पहिलो हाफमानै ३–१ को अग्रता बनाउने क्रममा केलेकी इहेनाचोले इन्जुरी समयमा लेस्टरका लागि तेस्रो गोल गरेका थिए।

दोस्रो हाफमा पनि लेस्टरले प्रभावसालि प्रदर्शन जारी राख्यो। हार्वे बर्नेसले ८१ औ मिनेटमा गोल गर्दा टोटेन्ह्याम ४—१ को अग्रता बनाउन सफल भयो। फराकिलो अग्रतालाई कायम राख्दा लेस्टरले लगातार दोस्रो जित निकाल्यो।

त्यस्तै प्रिमियर लिगका अन्य खेलमा फुलह्यामले नोटम फरेस्टलाई २–० ले पराजित गर्दा वल्भेसले साउथहेम्टनलाई २—१ ले हरायो। त्यस्तै क्रिश्टल प्यालेस ब्राइटनसँग १—१ गोलको बराबरीमा रोकियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका