जोडिनुहोस
  • होमपेज
  • ३५ किलो चरेससहित ४ जना थाई नागरिक विमानस्थलबाट पक्राउ

३५ किलो चरेससहित ४ जना थाई नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागूऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् ।

थाईलाइन एयरको उडान नम्बर २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।

उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको जनाइएको छ । पर्यटक भिसामा नेपाल आएका उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका