जोडिनुहोस
  • होमपेज
  • जम्मू कश्मीरमा बालिकालाई निःशुल्क स्नो–स्कीइङ प्रशिक्षण

जम्मू कश्मीरमा बालिकालाई निःशुल्क स्नो–स्कीइङ प्रशिक्षण

जम्मू कश्मीर— श्रीनगरबाट ५६ किलोमिटर टाढाको लोकप्रिय पर्यटक गन्तव्य र राजसी पीर पञ्जाल शृङ्खलाको फेदीमा अवस्थित गुलमर्गमा भारी र अविरल हिमपातले पर्यटकहरूलाई आकर्षित गरेको छ। देश र विदेशमा एक पर्यटक हटस्पट हुनुको साथै, गुलमर्ग साहसिक—खेलका लागि लोकप्रिय ठाउँ हो । यस क्षेत्रका स्कीयरहरू र अन्य शीतकालीन खेल उत्साहीहरू यस जाडोमा हिउँ परेकोले हर्षित छन् र गुलमर्गको बरफ उपत्यकाहरूमा स्कीइङ गर्ने तिनीहरू सामान्य दृश्य बनेका छन्।

भर्खरै, युवा सेवा खेलकुद श्रीनगरले गुलमर्गमा बालिकाको लागि स्कीइङ कोर्स सुरु गरेको छ । यो कोर्समा चालीस जना बालिकाले भाग लिएका छन् । यो कोर्स निःशुल्क सिकाइएको थियो । स्नो—स्कीइङ कोर्स इन्चार्ज मुजामिल अहमद दारले उक्त कोर्समा ठूलो संख्यामा बालिकाहरू सामेल भई स्कीइङको तालिम लिइरहेको बताए। उनले भने, कश्मीरमा स्कीइङको लागि अनुकूल वातावरण छ र हामी यसलाई धेरै भन्दा धेरै युवाहरूलाई सिकाउन चाहन्छौं। (एनएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका