जोडिनुहोस
  • होमपेज
  • आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सम्भावित सम्भावित तीन कार्यसूची छन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वाषिर्क प्रतिवेदन पेस गर्ने, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने र सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

घलेको उपचारको क्रममा यही माघ २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका