जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज आईतबार दुई खेल हुदैछ । दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा भारत चार खेलमा विजयी हुँदा एक खेल पाकिस्तानले जितेको थियो । भारत गत संस्करणको उपविजेता समेत हो । पाकिस्तानले भने समूह चरण पार गर्न सकेको छैन ।

आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ ।

श्रीलंका यस विश्वकपमा लगातार दोस्रो जितको खोजीमा रहेको छ । श्रीलंकाले पहिलो खेलमा आयोजक दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

यस विश्वकपमा पहिलो खेल खेल्दै गरेको बंगलादेश जित सहित सुखद सुरुआत गर्न चाहान्छ । दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा श्रीलंका अपराजित रहेको छ ।

दुवै खेल केपटाउनमा हुनेछ । यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका