जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको सुखद सुरुआत

महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको सुखद सुरुआत

काठमाडौं । साबिक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा विजयी सुरुआत गरेको छ ।

शनिबार पार्लमा भएको खेलमा न्युजिल्याण्डलाई ९७ रनले पराजित गरेर साबिक विजेताले सुखद सुरुआत गरेको हो । अष्ट्रेलियाले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १४ ओभरमा अलआउट हुदै ७६ रन मात्र बनायो ।

न्युजिल्याण्डका लागि अमेलिया किर २१ तथा बर्नेडि बिजुइडिनआयट १४ रनमा आउट भईन् । गिस किरले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका लागि अशलऐट ग्राडनिरले ५ तथा मिगान स्युटले २ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि एल्सा हिएलीले ३८ बलमा ९ चौकाको सहयोगमा ५५ रन बनाईन् । कप्तान मृग लानिङ ४१ र एल्सि पेरी ४० रनमा आउट भईन् । न्युजिल्याण्डका लागि अमेलिया किर र लिय तहुहुले समान ३/३ विकेट लिए ।

जितसँगै अष्ट्रेलिया समूह ‘ए’ मा १ खेलबाट २ अंक जोडेर अंक तालिकाको र्शीष स्थानमा रहेको छ । न्युजिल्याण्ड भने अंक बिहिन रहँदै चौथो स्थानमा रहेको छ ।

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।

दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?