जोडिनुहोस
  • होमपेज
  • भारतविरुद्ध एन्जिलाले नै नेपालको कप्तानी गर्ने

भारतविरुद्ध एन्जिलाले नै नेपालको कप्तानी गर्ने

काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी एन्जिला तुम्बापो सुब्बाले नै गर्ने भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध एन्जिलालाई नै कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ ।

नेपालले भारतविरुद्ध दुई खेलको मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।

एन्जिलाले नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा पनि नेपालको कप्तानी गरेकी थिइन् ।

नियमित कप्तान रेनुका नगरकोटी साफ अघि घाइते भएपछि एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको थियो । रेनुकाले घरेलु मैदानको साफ गुमाएकी थिइन् ।

डिफेन्डर रेनुका भारतविरुद्ध खेल्ने टोलीमा रहेकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका