जोडिनुहोस
  • होमपेज
  • उच्चस्तरीय संयन्त्रको बैठकपछि लिङदेनले भने- राष्ट्रपतिबारे सत्ता साझेदार दलहरूबीच मतभेद छैन

उच्चस्तरीय संयन्त्रको बैठकपछि लिङदेनले भने- राष्ट्रपतिबारे सत्ता साझेदार दलहरूबीच मतभेद छैन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

पत्रकारसँग कुरा गर्दै उनले भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको प्रष्ट्याए । यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति नरहेको भन्दै बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको उनको भनाइ छ ।

आजको बैठकमा राष्ट्रपति चुनावबारे छलफल नभएको लिङ्देनले दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा पत्रकारले गरेको प्रश्नमा उनले यसबारे सकारात्मक छलफल भएको बताए ।

‘चाँडै रास्वपका सरकारमा आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ,’ उनले भने । आगामी दिनमा गठबन्धनभित्रको छलफललाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका