जोडिनुहोस
  • होमपेज
  • विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिने

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिने

काठमाडौँ । सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको छ ।
आइतबार नेपाल सरकार र नेपाल चिकित्सक संघबीच भएको वार्ताका क्रममा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवम् आमनागरिक र विशेषगरी स्वास्थ्य संस्थाविद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने सहमति भएको हो ।

जसअनुसार एक साताभित्रमा सुझाव पेस गर्ने र उक्त सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमतिमा उल्लेख छ । शुक्रवार राष्ट्रपतिको सवारीका क्रममा सडकमा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक कुटिएपछि संघ आन्दोलित बनेको थियो ।

संघको माग सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा यो विषयमा पनि सहमति भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका