जोडिनुहोस
  • होमपेज
  • केपी ओली कपको पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने

केपी ओली कपको पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको टाइसिट ड्र सार्वजनिक भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।

प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका