जोडिनुहोस
  • होमपेज
  • सुर्खेत बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु

सुर्खेत बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु

सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार ती महिलाको नाम थर र ठेगाना खुलेको छैन् ।अन्दाजी ६६ वर्षीय उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘बस नियन्त्रणमा लिएका छौं, चालक फरार छन् । खोजीकार्य भै हरको छ’ प्रवक्ता शाहीले भने । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका