जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप : श्रीलंकाको लगातार दोस्रो जित

महिला टी-ट्वान्टी विश्वकप : श्रीलंकाको लगातार दोस्रो जित

काठमाडौं । श्रीलंकाले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

दोस्रो जित हात पार्नेक्रममा श्रीलंकाले आईतबार राती केपटाउनमा भएको खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १ सय २७ रनको लक्ष्य भारतले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि हर्षिता समराविक्रमाले ५० बलमा ६९ रनको अविजित अर्धशतकीय ईनिङ खेलिन् । निलाकेशी डा शिल्भाले ३८ बलमा अविजित ४१ रन बनाईन् ।

बंगलादेशका लागि मरुफा अख्तरले ३ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन बनायो ।

बंगलादेशका लागि सोफिया मोस्ट्रियाले २९ तथा कप्तान निगर सुल्तानले २८ रन बनाईन् । श्रीलंकाका लागि ओशाडी रनसिंगाले ३ तथा कप्तान चमारी अथापात्थुले २ विकेट लिईन् ।

जितसँगै श्रीलंका २ खेलमा ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाले पहिलो खेलमा आयोजक दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।

दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?