जोडिनुहोस
  • होमपेज
  • खैरो हेराइनसहित ४ जना पक्राउ

खैरो हेराइनसहित ४ जना पक्राउ

काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट प्रहरीले खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना घर भएका २३ वर्षीय नवीन सेन, २४ वर्षका नारायण शाही, ३१ वर्षीय प्रतिप गौतम र २८ वर्षीय सन्दीप गौतम छन् ।

कपिलवस्तुबाट खैरो हेरोइन लिएर आउँदै गरेका नवीन र नारायणको साथबाट प्रहरीले २ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रतिप र सन्दीपको साथबाट ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका