जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेश सचिव क्वात्रा काठमाडौँमा

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँमा

काठमाडौँ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि सोमबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायत पुगेका थिए ।

सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले सोमवार र मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । सचिव क्वात्रा सोमबारै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट भेट गर्नेछन् भने मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका