जोडिनुहोस
  • होमपेज
  • न्यूजिल्याण्डमा ग्याब्रियल आँधी, हजारौँ मानिस प्रभावित

न्यूजिल्याण्डमा ग्याब्रियल आँधी, हजारौँ मानिस प्रभावित

चक्रवात गेब्रियलको प्रभाव न्यूजिल्याण्डका धेरै क्षेत्रमा देखिन थालेको छ । प्राप्त जानकारी अनुसार हालसम्म यो आँधीका कारण ५८ हजारभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ ।

अधिकारीहरूले तीव्र हावा र वर्षाको चेतावनी दिएका छन् । यस आँधीलाई ध्यानमा राख्दै सयौँ उडानहरू पनि रद्द गरिएका छन् । कतिपय क्षेत्रमा आपत्काल घोषणा गरिएको छ ।

आँधी न्यूजिल्याण्डको नर्थ आइल्याण्ड नजिक पुगेको छ । यो आँधी यस्तो बेला आएको हो, जब केही दिनअघि अकल्यान्ड र आसपासका क्षेत्रमा भीषण वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको थियो ।

न्यूजिल्याण्ड सरकारले देशभर आपत्काल लागू गर्ने विचार गरिरहेको छ । आँधीका कारण धेरै रुखहरू ढलेका छन्, सडकमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति प्रभावित भएको छ ।

हावाहुरीका कारण विद्यालय र स्थानीय सरकारी कार्यालयहरू बन्द गरिएको छ । मङ्गलवार सम्म स्थिति सामान्यतर्फ फर्किने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका