जोडिनुहोस

देश

घट्यो वैदेशिक सहायता र ऋण

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १, २०७९
घट्यो वैदेशिक सहायता र ऋण

काठमाडौँ । चालू आर्थिक वर्षमा वैदेशिक सहायाता र ऋणको मात्रा अपेक्षाभन्दा कम प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ६ महिनासम्मको अवधिमा प्रतिबद्धताको तुलनामा न्यून वैदेशिक सहायता र वैदेशिक ऋण प्राप्त भएको हो ।

चालू वर्षमा वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । जबकी, ६ महिनाको अवधिमा जम्मा ८ अर्ब १२ करोड प्राप्त भएको छ । यो अनुदानको प्रतिबद्धताको तुलनामा १४.६४ प्रतिशत हो ।

यस्तै, वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ अपेक्षा गरिएको थियो । समिक्षा अवधिमा जम्मा २६ अर्ब ४६ करोड रुपैयाँ ऋण पाइएको छ । यो अनुमानको तुलनामा १०.९२ प्रतिशत प्राप्त भएको छ ।

बजेटमार्फत सरकारले अनुमान गरेको कूल सहायता रकममध्ये ११.६१ प्रतिशत मात्र सहायता परिचालन भएको जनाइएको छ । कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायता सञ्चालित आयोजना कार्यान्वयनमा सुस्ता आउँदा सहायता परिचालन न्यून भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका